दफा ११
उपसमिति गठन गर्न सक्नेः
११. उपसमिति गठन गर्न सक्नेः
(१) समितिले आफ्नो कार्य सञ्चालनका लागि आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उपसमितिमा आवश्यकता अनुसार स्थानीय जनता, विषयसँग सम्बन्धित विज्ञ तथा नेपाल सरकारको प्रतिनिधिहरू समेत रहन सक्नेछन् ।
(३) उपदफा (१) बमोजिमको उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यावधि त्यस्तो उपसमिति गठन हुँदाका बखत समितिले तोके बमोजिम हुनेछ ।